जनता टाइम्स

२४ असार २०७७, बुधबार १६:०७

२० जना थपिए कर्णालीमा कोरोना संक्रमित, १६ जना डिस्चार्ज


सुर्खेत, असार २४

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १३ जना, दैलेखका पाँचजना र मुगुका दुईजना रहेका छन् ।

यो संगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५५० पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १६ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १ हजार २९१ पुगेको छ । आइसोलेनमा २५३ जना उपचाररत छन् भने अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।