जनता टाइम्स

२५ असार २०७७, बिहीबार १०:४१

प्रधानमन्त्रीप्रति भारतीय मिडियाको आपत्तिजनक टिप्पणी, समाचार देखेर लाज पनि सरमले पानी पानी भयो


काठमाडौं, असार २५

भारतलाई प्रधानमन्त्री केपी शर्मा ओलीको कामप्रति कत्ति टाउको दुखाईको विषय बनेको छ भनेर त्यहाका सञ्चारमाध्यमको पागलपनले देखाउछ । जब कसैको कामको प्रतिरोध गर्ने कुनै तर्क हुदैन तब मानिसमा पागलपन र बहुलापन देखिन्छ । त्यस्तै भएको भारतीय सञ्चारमाध्यमलाई यतिबेला ।

प्रधानमन्त्री ओलीको अगुवाईमा सरकारले भारतले वर्षौंदेखी सैन्य बलमा कब्जामा लिएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि भारत नेपालविरुद्ध उत्रिएको छ । सो नक्सालाई संविधानमा नै समेटिएपछि भने भारतले भूमि आफ्नो भनेर कुनै तथ्य नै प्रस्तुत गर्न सक्ने अवस्थामा छैन । तथ्य विहिन भएपछि भारतीय सञ्चारमाध्यम अहिले पित पत्रकारिताको चरम उत्कर्षमा पुगेका हुन् ।

भारतीय टीभी च्यानल जी मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । जुन कुनै पनि सार्वभौम देशमाथीको अपराधिक आक्रमण हो । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा चरम काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादाको धज्जी उठाउदै अनर्गल प्रचारमा उत्रिएको छ ।

‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ । चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै भारतीय टीभीले उनैको जालमा फसेर ओलीले भारत विरोधी कदम चालिरहेको भनेको छ । आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढायी, लेकिन वा हनी ट्र्याप मे फसगए ।’

राजदूत यान्छीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दाबी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दाबीसमेत गरिएको छ । यसलाई पुष्टि गर्न ओली र यान्छीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ । जुन निक्कै भद्दा र आपत्तिजनक छ । एक सार्वभौम सत्ता सम्पन्न देशको प्रधानमन्त्रीविरुद्ध यत्ति निर्लज्ज तरिकाले प्रस्तुत भएको छ । जसले लाजलाई पनि आफै लाज लागिरहेको होला ।

भारतीय टीभीको अफवाह यतिमा मात्रै सीमित छैन । उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरहेको भन्नसमेत भ्याएको छ । यसको जानकारी नेपालका केही सांसदलाई रहेको भन्दै उनीहरुले लोकलाजका कारण मुख खोल्न नसकेको दाबी गरिएको छ ।