काठमाडौं, असार २५
सिन्धुपाल्चोकको बाढीले बगाएर घाइते भएका ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइसकेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिनुभएको छ ।
त्यस्तै घाइतेलाई उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा राखिएको छ । उनीहरुको ह्याम्समा उपचार भइरहेको अस्पतालले जनाएको छ । बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस्