जनता टाइम्स

२६ असार २०७७, शुक्रबार १६:३६

उपत्यकामा ४२ जनालाई देखियो कोरोना, कुन जिल्लामा कति ?


काठमाडौं, असार २६

पछिल्लो २४ घण्टामा उपत्यकामा ४२ जनालाई कोरोना भाइरस रोग (कोभिड –१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।