जनता टाइम्स

३० असार २०७७, मंगलवार २२:३८

भगवान रामका विषयमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा नेपालका ‘राष्ट्रवादी’ नेता मर्माहत


काठमाडौं, असार ३०

भगवान रामप्रति हिन्दुहरुको आस्था नहुने कुरै भएन । त्यसमाथी पनि नेपालमा सबैभन्दा बढि हिन्दु धर्ममा आस्था राख्ने समुदायका व्यक्ति छन् ।

त्रेत्रायुगका रामको कथा वा कहानी वा यर्थाथ निक्कै विशाल रहेको छ । यसमा नेपालमा मात्र होइन भारतमा पनि ठुलो चर्चा छ । रामका कतिपय विषय अझै पनि यकिन छैन । अर्थात सबैले आ–आफ्ना दाबीहरु प्रस्तुत गरेका छन् । किनकी रामायणमा उल्लेख भएका ठाउँहरु नेपाल र भारतका विभिन्न स्थानमा हुबहुजस्तै गरी मिलेका छन् । सोही आधारमा व्यक्ति पिच्छेका धारणाहरु फरक छन् । सबैले आ–आफ्नो दाबा प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोही सन्दर्भमा रामका विषयमा केही अभिव्यक्ति दिनु भएको छ । भानुजयन्तीका अवसर पारेर उहाले रामको विषय उल्लेख गर्नुभएको हो । विभिन्न तथ्यले रामायणमा उल्लेख भएका कुराहरुले नेपालको विरगञ्ज आसपासको क्षेत्रलाई बुझाउने आशय उहाले प्रकट गर्नुभयो । यद्यपी यस विषयमा अहिले बहसगरी साध्य नभएको पनि स्पष्ट पारिदिनुभयो । इतिहासकारले भने अहिलेसम्म यसविषयमा एथेष्ट प्रमाणहरु दिन सकेका छैनन कि रामको जन्मभूमि कहाँ हो भनेर । त्यसैले यो विवादको विषय बनिरहेको छ । चाहे नेपालमा होस् वा भारतमा ।

भारतमै पनि अयोध्याका विषयमा लामो समयदेखी सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । विशेषगरी अयोध्यामा निर्माण भएको एक मस्जिद वा मन्दिर भन्ने विषयमा । लामो समयपछि तत्कालिन प्रधानन्यायाधिशले अवकास पाउनु केही समय अगाडी हिन्दुको पक्षमा फैसला गरिदिएका थिए । पछि उनि राजनीतिक रुपमा जोडिएका खवरहरु पनि आएका थिए ।

तर, नेपालमा भने यसविषयमा एउटा खेमा तथ्यका साथ प्रस्तुत हुनुभन्दा राजनीतिक अभिष्ट पुरा गर्न उत्रिएका छन् । प्रधानमन्त्रीले एक तथ्य प्रस्तुत गर्दै राम भारतमा नभई अयोध्यामा जन्मिएको बताउनु भयो । त्यसैले राम भारतमा जन्मेको होइन र अयोध्यामा जन्मिएका हुन् र सो अयोध्या वीरगञ्जको ठोरी तिर भएको उल्लेख गर्नुभयो । ‘अयोध्यामा भीषण विवाद छ त्यहाँ (भारतमा) । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टी यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन,’ उहाको भनाई थियो ।

नेपालमा भने यही विषयलाई लिएर ‘राष्ट्रवादी’ नेताहरु प्रधानमन्त्री ओलीको प्रतिकारमा उत्रिनु भएको छ । आफुलाई ‘राष्ट्रवादी’ भन्ने नेताहरुले न त तथ्य प्रस्तुत गर्नुभएको छ न कुनै विषय नै अध्ययन अनुसन्धान नै प्रस्तुत गर्नु भएको छ । गर्नुभएको छ त केवल मनको भडास ।

नेकपाका उपाध्यक्ष बामदेव गौतम, डा. भिम रावल, डा. बाबुराम भट्टराई अहिले भारतको पक्षमा बलियो रुपमा उभिनु भएको छ । उहाहरुले अभिव्यक्ति फिर्ता लिन माग पनि गर्नुभएको छ । यो विषय किनपनि बहसमा छ भने यसअघि विना तथ्य र आधार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धको जन्मभूमि भारतमा भएको चर्चित अभिव्यक्ति दिनु भएको थियो । त्यस विषयमा ‘राष्ट्रवादी’ नेताहरुले अहिलेजस्तो खुलेर विरोध गरेको सुन्न पाइएन ।

नेकपाका उपाध्यक्ष गौतमको विज्ञप्ती भने आफैमा विरोधाभाष छ । उहाले जन्मभूमिका विषयमा विवाद रहेको स्विकार गर्दै तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । ‘राम जन्मभूमि र विवाद’ भनेर दिएको सार्वजनिक वक्तव्यमा उहाले नै प्रधानमन्त्रीको मन्तव्य जुन राष्ट्रिय र अन्तराष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाले (प्रधानमन्त्री) आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु भन्नु भएको छ । एकतिर जन्मस्थल पत्ता लगाउन अनुसन्धान र तथ्य संकलनमा लाग्न आग्रह गर्ने अर्कातर्फ आत्मालोचना गर्न भन्ने अभिव्यक्तिले कसको पक्षमा लाग्न खोजेको हो बुझ्न कठिन छैन ।

रावलको प्रश्न चांही यस्ता विषयमा पार्टी र सरकारमा छलफल हुनुपर्ने बताउनु हुन्छ । डा. भट्टराईको तर्क चाँही अलि प्रष्टै छ । ओलीलाई हटाईहाल्नुपर्छ किन भन्दा उत्तर छैन ।

भारतीय मिडियाले रामका विषयमा प्रस्तुत गरेका विगतका समाचार यस्ता पनि छन्

https://www.facebook.com/258226851023978/videos/2657566157905921/