जनता टाइम्स

२९ पुष २०७७, बुधबार १३:२४

कामबाटै अब्बल प्रमाणित भएका छन ओली


प्रधानमत्री ओली सत्ता भन्दा बाहिर हुँदा उत्ताउलोपन देखाउदैन, जब सरकारमा जान्छन, नेपालीको शीर जुरुक्क उचाल्छन । भारतीय हेपाहा प्रवृत्तिको बारेमा भारतीय टेलिभिजनबाटै लल्कार्दछ्न । तर अरु नेता जसरी निवेदन दिएर राजनिती गर्दैनन ओली । यो तथ्यलाई नेपालका मिसनबाट कमिशनमा परिणत भएका मिडियाको अफवाहले छोप्न सक्दैनन

टेकराज पौडेल

धेरैजसो नेताहरु सत्ता र सरकार भन्दा बाहिर रहदा धेरै क्रान्तिकारी, देशभक्त र स्वाभिमानी बन्दछन । अझ बढी क्रान्तिकारी बन्न भारतको धुँवादार बिरोधका शब्दहरुले जनतालाई जुरुक्कै उचाल्ने गर्दछन । तर जब सत्ता वा कुर्सी प्राप्त हुन्छ, उनीहरुको स्वर बदलिन्छ र सत्ता र कुर्सीको लागि सबै कुरा धुलिसात बनाउछन र लैनचोर दुताबासमा हात जोड्दै लथ्राकलुथ्रुक हुन्छन ।

नेपालमा अपबादको रुपमा एक मात्र नेता हुन, जो सत्ताभन्दा बाहिर बस्दा कहिल्लै उत्ताउलो भएर अनावश्यक ठाउँ र समयमा भारतको बिरोध गरेनन र क्रान्तिकारी बन्ने दुस्साहस पनि गरेनन, बरु उत्ताउलो नबनेको कारण भारतपरस्त भएको आरोप खेपिरहे । ती नेता हुन बर्तमान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली । ओली प्रतिपक्षी दलको उपनेता हुँदा २०५५ साल श्राबणमा कालापानीमा रहेका भारतीय सेनालाई नेपाली भुमिबाट हटाउनको लागि संसदमा संकल्प प्रस्ताब दर्ता गर्न खोज्दा काङ्ग्रेस संसदीय दलका सचेतक गङ्गाधर लम्साल र सभामुख रामचन्द्र पौडेलले प्रस्ताब नै दर्ता गर्न दिएनन ।

टनकपुर सम्झौतालाई बिस्थापित गरी महाकाली नदी सम्बन्धी एकीकृत सन्धी गर्न नेकपा एमालेको तर्फबाट तात्कालिन नेपाल सरकार र भारतीय पक्षबीच हुने धेरै छलफलबीच एक दिन मात्र सहभागी हुन पाउँदा उक्त शन्धीबाट नेपाल ठगिएको र भारतीय पक्षले नेपालको पानीबाट ९४ मेगावाट बिजुली निकाल्ने भएकोले साझा नदीको पानीको क्षतिपूर्ति बिना सहमती गर्दा नेपाल ठगिने भएको भन्दै सम्झौता गर्न ठिक्क पारिएको दस्ताबेजमा केही महिना रोक्न सक्षम भै भारतीय पक्षलाई महाकाली नदीमै बराबर हक स्थापित हुने गरी भारतीय लगानीमा ६४०० मेगावाटको पञ्चेश्वर परियोजना बनाउन दबाब बनाएका थिए । ओलीकै दबाब पश्चात मात्र भारत अन्तिम बुदामा पञ्चेश्वर परियोजना राख्न तयार भएको थियो । भलै एमालेको तात्कालिन महासचिव माधब नेपाल नेतृत्वले मानिसकेको सम्झौतामा ओलीको अर्घेल्याई बुझेको भारतले पञ्चेश्वरको बुँदा लागू गर्न कहिल्लै पहलकदमी लिएन ।

२०७२ सालको संबिधान जारी हुने बेला भारतले आफ्नो सरोकार सम्बोधन नभएको भन्दै माओबादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेर केही समय संबिधान घोषणा रोक्न दबाब दिन खोज्दा दुबै जनाले ओलीलाई सहमत गराउन सके आफुहरुलाई समय सार्न अप्ठ्यारो नपर्ने बताएपछि हालका बिदेशी मन्त्री जय शन्कर विशेष दुत बनेर नेपालको एअरपोर्टबाट सिधै ओली निवास बालकोट पुगेका थिए । ओली टसमस नभएपछि केही सीप नलागेर फर्किएका थिए । संबिधान जारी भएपछि प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने गरी जारी गर्ने बेला दुई बर्ष प्रधानमन्त्री भएका सुशील कोइरालाले आफू नै भारतको दबाबमा ओलीको बिरुद्धमा पुनः निर्वाचन गर्ने सरकारको लागि प्रधानमन्त्रीमा उम्मेद्वार बन्न बाध्य भएको बताउनु भएको थियो ।

आफ्नो कुरा नसुनिएको भन्दै सुशील कोइरालाको पालामा २०७२ भदौबाट भारतले नाकाबन्दी गर्यो । तात्कालिन सत्ताधारी दलले भारतको नाकाबन्दीलाई सिमामा अबरोध मात्र भन्यो तर भारतसङ्ग ठाडो नजर लाएर बोल्न सकेन । नाकाबन्दी हो समेत नेपाली जनतालाई भन्न सकेन, भारतिय सरकारलाइ नाकाबन्दी खुलाईदिन पर्योसम्म पनि भन्न सकेन । संबिधान घोषणाको ३ हप्तापछि बनेको केपी ओली नेतृत्वको सरकारले भारतको अबरोधलाई नाकाबन्दी भन्दै सामाना गर्नको लागि नेपाली जनतासङ्ग अनुरोध गर्दै आफू र आफ्नो सरकार भारतको सामु नझुक्ने बतायो ।

भारतले प्रधानमन्त्री ओलीलाई आफ्नो देशको निम्ता गर्दा नाकाबन्दी नखुली भारत नआउने बाचा गरेको तथ्य स्मरण गराए ।नेपाललाई झुकाउन नसकेपछि भारतले चैतमा नाकाबन्दी खुलायो । बैशाखमा भारत भ्रमणमा गएका ओलीले भारतले बनाएको सम्युक्त बक्तब्यमा नेपालको संबिधानलाई भारतले खुला रुपले स्विकार नगरेकोले भन्दै हस्ताक्षर नगरी नेपाल फर्के । ओलीले भारत भ्रमणको दोश्रो हप्ता चीन भ्रमण गरे । चीनसङ्ग पारबाहनको साथ साथै करिब एक दर्जन सम्झौता गरेर फर्किएको केही दिनमा भारत ओलीसङ्ग रिसले आगो भयो । भारतीय सत्ताधारी दलका नेताहरुले ओली नेपालको केही दिनको मात्र पाहुना भएको भन्दै गर्दा ओलीको बिरुद्ध आफ्नै सहायात्री दलका मन्त्रीहरुले झन्डा हल्लाउदै प्रधानमन्त्रीबिरुद्ध अबिस्वासको प्रस्ताब दर्ता गरे । सरकार बचाउन ओलीले भारतसङ्ग कुनै अनुनय बिनय गरेनन ।

२०७४ सालको निर्वाचनमा ओलीले बहुमत ल्याउनु भनेको भारतको लागि डिजास्टरू सरह हो भनेका भारतीय थिंकट्यांकहरुकै बिचार साकार हुने गरी दोश्रो पटक प्रधानमन्त्री हुनुभएका ओलीले भारतीय स्वार्थमा साच्चै नै डिजास्टर ल्याइदिनुभयो । ५८ बर्षदेखि आफ्नै कब्जामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन नेपालको आफ्नो भएको कुटनैतिक नोट पठाउदै बार्ताको लागि आह्वान गरेकोमा भारतले कुनै सुनुवाइ नगरेपछि नेपालले नक्सा जारी गर्दै नेपालको संबिधानभित्र नेपालको थप भएको चुच्चे नक्सालाई संसदबाट सर्वसम्मत रुपमा संशोधन गराए । उक्त कार्यबाट भारत कति रिसायो भन्ने कुरा जान्न तात्कालिन भारतीय मिडियाको रुवाई र उक्त साहशिक कार्य गर्ने नेपालका प्रधानमन्त्री ओली माथि भारतीय शासकका नोकरहरुले ओलीलाई आजै छोड र भोलि सरकार छोड भन्ने गरेको तथ्यबाट प्रमाणित हुन्छ ।

दिउँसो दिउँसो माइतिघर मन्डलामा लुकेर भारतको बिरोध गर्ने र राती राती दूतावासमा भात मार्नेहरुले जे जस्ता आरोप लगाए पनि ओली त्यस्ता नेता हुन, जस्ले देश ठूलो सानो हुन सक्दछन, जनता धेरै थोरै हुन सक्दछन, श्रोत साधान कम बढी हुन सक्दछन तर सार्वभौम सत्ता सानो ठूलो हुँदैन । सोभरेन्टी गह्र, हलुका हुदैन भन्ने सबक भारतलाई सिकाउदै छन । यही सोमवार भारतीय च्यानल जिटिभिमा हिन्दी भाषाको अन्तरबार्ता सुनेका देखेका आम नेपाली प्रधानमन्त्री ओलीले भारतले परम्परादेखि बढेभाई र छोटेभाई भन्दै सानो देश भएको र गरिब देश भन्दै हेपाहा प्रवृत्तिलाई दर्होसँग झापड हान्नुभएको छ ।

नेपालका अधिकांश नेताहरु क्रान्तिकारी बन्न सरकार भन्दा बाहिर बस्दा भारतीय हेपाहा प्रबृतिको बिरोध गर्दछ्न । जब आफू सत्तामा जाँन्छन, हेपाहा प्रवृत्तिबाट देशलाइ बचाउने बेला त्वम शरण गर्दछन । हालका प्रधानमत्री ओली सत्ता भन्दा बाहिर हुँदा उत्ताउलोपन देखाउदैन, जब सरकारमा जान्छन, नेपालीको शीर जुरुक्क उचाल्छन । भारतीय हेपाहा प्रवृत्तिको बारेमा भारतीय टेलिभिजनबाटै लल्कार्दछ्न । तर अरु नेता जसरी निवेदन दिएर राजनिती गर्दैनन ओली । यो तथ्यलाई नेपालका मिसनबाट कमिशनमा परिणत भएका मिडियाको अफवाहले छोप्न सक्दैनन ।