Untitled Document

आँचलको घरमा घर ज्वाई पल (भिडियो)

काठमाडौं, फागुन ७

नव गायक कृष्ण कार्की र बिन्दु परियारको आवाजमा ‘घर बारमा’ बोलको गीत सार्वजनिक भएको छ ।

केहि वर्षयता गायन सम्बन्धि विभिन्न प्रशिक्षण लिईरहेका कृष्णको डेब्यु गीतमा पल शाह र आँचल शर्मा फिचर्ड छन् ।

गीत अभिनयमा मायामा आउने घरबार र खानदानको कुरालाई देखाइएको छ । गीतमा शब्द र संगीत सन्तोष सुनारको रहेको छ ।

‘गीतलाई युवापुस्ताले मन पराउनुहुन्छ भन्नेमा विश्वत छु’ डेब्यु गायक कृष्ण भन्छन् ‘मेरो सपना आजबाट साकार भएको छ, आश छ मैले देखेको सपनाको पथमा म सहि छु भन्ने ।’ कृष्णले आफ्नै क्षमताले यहाँसम्म आएको बताए ।

गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् , जसलाई रामकुमार केसीले छायाँकन गरेकाछन् भने यसलाई निर्देशनसँगै सम्पादन पनि टेकेन्द्र शाहले गरेका छन् ।

February 19, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *