जनता टाइम्स

१ बैशाख २०७८, बुधबार २०:३८

पत्रकार महासंघको झण्डा ओढाएर गरियो दुर्घटनामा ज्यान गुमाएका लोकप्रिय पत्रकार पौडेलको अन्त्यष्टी


कपिलवस्तु, बैशाख १ । सडक दुर्घटनामा परी चैत्र ३१ गते दिबङ्गत हुनभएका कपिलवस्तुका पत्रकार तथा मानवअधिकारकर्मी नन्दराम पौडेललाई पत्रकार महासंघको झण्डा ओढाएर आज अन्त्यष्टी गरिएको छ ।

पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी, जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, अग्रज पत्रकार डिआअर घिमिरे, भरत केसीले पत्रकार महासंघको झण्डा ओढाउनु भएको थियो । यस्तै जिल्ला सचिब जानू पाण्डेले पत्राचार तथा मानवाधिकारकर्मी नन्दराम पौडेलको योगदान र जीवनिबारे सहभागी जनसमुदायलाई जानकारी गराउनु भएको थियो । कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वार्ड नम्बर ८ स्थित चप्पर गाउमा हिजो साँझ ७.३० बजे पछाडिबाट आउदै गरेको ट्रकले मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पौडेलको निधन भएको थियो ।

५१ बर्षीय पत्रकार पौडेल इन्सेक सम्बन्धित कार्यक्रम चार नम्बर जितपुरमा दिनभरी काम सम्पन्न गरेर साँझ बुद्धभुमी ४ बुड्ढि गेलबार घर फर्कने क्रममा साँझ ७.३० मा दुर्घटना पर्नुभएको थियो । मोटर साइकललाई ठक्कर दिए पछि फरार रहेको ट्रक चालक हालसम्म सम्पर्कमा नाअएको गोरुसिङ्गे स्थित प्रहरी कार्यालयले जनाएको छ । ट्रकलाई छोडेर चालक भागेपछि स्थानीयले केही समय चक्का जाम गर्न पुगेका थिए ।

इमान्दार र सादगी शैलीका पत्रकार पौडेल जिल्लामा अँखामा हालेर नबिझाउने भएको कारण पनि आज अत्यष्टीमा करिब १ हजार भन्दा बढीको उपस्थिति रहेको थियो । अन्त्यष्टीमा एमाले केन्द्रीय सदस्यहरु गिरिलालधार न्युपाने, बिमला घिमिरे, नेत्र पन्थी, बलाराम अधिकारी, जिल्ल्ला अध्यक्ष झबिलाल पोख्रेल सांसदहरु बृजेशकुमार गुप्ता, बिष्णु पन्थी, अर्जुन केसी, धर्मलाल प्रसाद श्रीबास्तब, वरिष्ठ पत्रकारहरु तिलक आचार्य, डिआर घिमिरे, वसन्त खनाल, मोहन चापागाइ, दिनेश पाण्डे , नारायण पौडेल, शोभाखर पन्थी, अमृत गिरी लगायत लुम्बिनि क्षेत्रका अगुवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

२०५२ सालदेखि मानवअधिकारवादी संस्था इन्सेकको जिल्ला प्रतिनिधि भै मानवअधिकारको क्षेत्रमा काम थाल्नुभएका पौडेल कपिलवस्तुमा हुने हरेक मानवाधिकार उल्लंघनका घटनामा पिडितको पक्षमा जस्तो सुकै अवस्थामा पनि उभिने गर्नुहुन्थ्यो । २०५९ र २०६४ सालमा कपिलवस्तुको पश्चिम र दक्षिण क्षेत्रमा घटेका घटनालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नेमा पौडेलले नै अग्रणी भुमिका रहेको थियो । माओबादी द्वन्दको बेला नेपाली सेनाले कपिलवस्तुका तीन जना माओबादी कार्यकर्तालाई गोरुसिङ्गे सैनिकगणमा हिरासतमा लिइ दिएको यातानालाई अन्तर्राष्ट्रिय करण गर्दै नेपाली सेनाला कर्णेल कुमार लामालाई बेलायतमा पक्राउ गराई त्यहास्थित अदालतमा साक्षिको रुपमा तीन पटक बेलायत पुग्नुभएको थियो ।

कुमार लामले बेलायतमा मुद्धा जितेपछि पौडेललाइ खतरा हुन सक्दछ भन्दै जर्मनीको आवासीइ भीषा लाग्दा पनि बिदेश भन्दा देश नै प्यारो भन्दै देशमै युरोपियन युनियनको भिसालाई अस्विकार गर्दै जिल्लाको सबै भन्दा अग्रणी मानवाधिकारकर्मीको छवि निर्माण गर्नुभएएको थियो । कपिलवस्तु जिल्लामा रहेका पत्रकारहरुलाई सङ्गठित गरि २०५९/६० मा जिल्लाको पत्रकार महासंघको संस्थापक सदस्य पौडेल कपिलवस्तु जिल्लामा प्रेस चौतारी नेपालको संस्थापक सदस्य हुँदै जिल्ला अध्यक्ष समेत हुनुभएको थियो । बामपंथी नेकपा एमालेका जिल्ला कमिटी सदस्य समेत हुनुहुन्थ्यो । पौडेलका श्रीमती, एक छोरी र दुई छोराहरु छन ।