आफू प्रधानमन्त्री बन्नभन्दा देउबालाई प्रधानमन्त्री बनाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र भीम रावललाई विछट्ट हतार भएको छ । कम्युनिष्ट सरकारले शुरु र सम्पादन गर्दै गरेका कामहरूलाई देउबा लगाएर भताभुङ्ग पार्नु छ । कम्युनिष्ट आन्दोलनलाई विखण्डित पार्नु छ । देउबाको अगेनोमा आफ्नो राजनीतिको रोटी सेक्नु छ । बाबुराम-उपेन्द्र नेतृत्वको जसपालाई मधेशको मुद्धाभन्दा ओली नेतृत्वको राष्ट्रवादी सरकारलाई चाँडोभन्दा चाँडो ढाल्नु छ, विदेशी प्रभुलाई खुशी पार्नु छ । राम्रो कामको कारण मदेशमा एमाले र ओलीको जबर्जस्त प्रभावलाई रोक्नु छ । राष्ट्रिय जनमोर्चालाई आफ्नो सुप्रिमो पत्नीलाई राम्रो मन्त्रालय दिलाउनु छ । यति भएपछि हाल देउबाको दौराको फेर समातेका ‘कम्युनिष्ट’को प्रतिगमन पनि सच्चिन्छ, अधुरो क्रान्ति पनि पुरा हुन्छ ।
निर्मल भट्टराई
प्रधानमन्त्रीले संसदबाट विश्वासको मत पनि प्राप्त गर्न नसक्ने र विपक्षीले पनि वैकल्पिक सरकारको लागि बहुमत पुर्याउन नसक्ने अवस्थामा संविधानको प्रावधान बमोजिम नै प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तोकेपछि विपक्षी तिल्मिलाएका छन् । ओली नेतृत्वको सरकारले गराएको चुनावमा सहभागी हुँदा स्वीप हुने डरले उनीहरूमा निन्द्रा पर्न छोडेको छ ।
प्रमुख विपक्षी नेपाली काङ्ग्रेस शुरुमा जनताले आफूलाई पाँच बर्ष प्रतिपक्षमा बस्न म्यान्डेट दिएको बताउदै आएको थियो । माओवादी एमालेसंग एकता गरेरै सत्ता पक्ष भएको थियो भने जसपा पक्ष-पक्ष गरेर सरकारमै छ । राष्ट्रिय जनमोर्चाले ओली सरकारलाई समर्थन गरेको थियो ।
अहिले नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र हालसम्म पार्टीको नाम नखुलेका नेता माधव नेपालसहितको विपक्षी गठबन्धन बनेको छ । र, यो गठबन्धनको मुकाम बुढानिलकण्ठ बनेको छ ।
राष्ट्रपतिसामू प्रष्ट बहुमत सिद्ध गर्न नसकेर प्रधानमन्त्री बन्न नसकेका देउबालाई सर्वोच्च अदालतले सोझै प्रधानमन्त्री नियुक्ति गर्नु पर्ने माग दाबीउपर हिजो-आज सर्वोच्च अदालतमा बहस भईरहेको छ । न्यायालयलाई प्रभाव पार्न गठबन्धनले आकाश-पाताल जोडिरहेको छ । संविधान बमोजिम गठन भएको संवैधानिक ईजलासमाथि प्रश्न उठाइएको छ, संविधान बमोजिम राष्ट्रपतिबाट सम्पादन भएका काम कारबाही उपर अदालतमा प्रश्न उठाउन नपाउने प्रष्ट संवैधानिक व्यवस्था हुँदा हुँदै त्यसमा प्रश्न उठाइएको छ, ‘आफ्नो पक्ष’का न्यायाधीश खोज्दै हिंड्ने काम भएको छ, न्यायालयमा जबर्जस्ती राजनीति घुसाउने प्रयत्न गरिदैछ ।
तर यी सबै प्रयत्नका बाबजूद पनि उनीहरू विगतमाझैं प्रतिनिधिसभा ब्युँतिनेमा ढुक्क हुन सकेका छैनन् । किनभने विगतमा जस्तो बलियो माग दाबी अहिले छैन । वैकल्पिक सरकार बन्ने बाटाहरू बन्द भएपछि संसद विघटन भएको हो, संविधानको व्यवस्था अनुरुप भएको हो । उनीहरू सार्वभौम जनतामा नगई, मुद्धा मामिलाबाटै सरकारमा जान चाहन्छन् । जनतामा गएर ताजा म्यान्डेट लिएर सरकार बनाउन उनीहरूलाई डर लागेको छ । आफ्नो भिजनले, प्रतिबद्धता पूरा गरेको हिसाबले, देशको भूगोल बढाएको कारणले, प्रधानमन्त्री के पी शर्मा ओली नै उनीहरूभन्दा धेरै लोकपृय छन् । एमाले नै लोकपृय छ ।
विपक्षी गठबन्धन एन केन प्रकारेण सर्वोच्चमा चलिरहेको मुद्धा जितेर सरकारमा जाने दाउमा छ । सर्वोच्चमा विचाराधीन मुद्धालाई थप प्रभाव पार्न विपक्षी गठबन्धनले सडक तताउने निर्णय गरेको छ । कोरोना महामारी कायम रहेको, स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्नु पर्ने र पच्चीसजनाभन्दा बढी एक ठाउँमा भेला हुन नपाउने बेलामा सडक आन्दोलनको घोषणा कति उपयुक्त छ ? सरकारलाई महामारी नियन्त्रण गर्न प्रभावकारी कार्य गर्न नसकेको आरोप लगाउन पछि नपर्ने प्रतिपक्षी गठबन्धन आफैं महामारी फैलाउन उद्दत हुनु विडम्वनायुक्त छ ।
तर यी सबै प्रयत्नका बाबजूद पनि उनीहरू विगतमाझैं प्रतिनिधिसभा ब्युँतिनेमा ढुक्क हुन सकेका छैनन् । किनभने विगतमा जस्तो बलियो माग दाबी अहिले छैन । वैकल्पिक सरकार बन्ने बाटाहरू बन्द भएपछि संसद विघटन भएको हो, संविधानको व्यवस्था अनुरुप भएको हो । उनीहरू सार्वभौम जनतामा नगई, मुद्धा मामिलाबाटै सरकारमा जान चाहन्छन् । जनतामा गएर ताजा म्यान्डेट लिएर सरकार बनाउन उनीहरूलाई डर लागेको छ । आफ्नो भिजनले, प्रतिबद्धता पूरा गरेको हिसाबले, देशको भूगोल बढाएको कारणले, प्रधानमन्त्री के पी शर्मा ओली नै उनीहरूभन्दा धेरै लोकपृय छन् । एमाले नै लोकपृय छ ।

देउबालाई आफूप्रधानमन्त्री बन्नभन्दा देउबालाई प्रधानमन्त्री बनाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र भीम रावललाई विछट्ट हतार भएको छ । कम्युनिष्ट सरकारले शुरु र सम्पादन गर्दै गरेका कामहरूलाई देउबा लगाएर भताभुङ्ग पार्नु छ । कम्युनिष्ट आन्दोलनलाई विखण्डित पार्नु छ । देउबाको अगेनोमा आफ्नो राजनीतिको रोटी सेक्नु छ ।
बाबुराम-उपेन्द्र नेतृत्वको जसपालाई मधेशको मुद्धाभन्दा ओली नेतृत्वको राष्ट्रवादी सरकारलाई चाँडोभन्दा चाँडो ढाल्नु छ, विदेशी प्रभुलाई खुशी पार्नु छ । राम्रो कामको कारण मदेशमा एमाले र ओलीको जबर्जस्त प्रभावलाई रोक्नु छ । राष्ट्रिय जनमोर्चालाई आफ्नो सुप्रिमो पत्नीलाई राम्रो मन्त्रालय दिलाउनु छ । यति भएपछि हाल देउबाको दौराको फेर समातेका ‘कम्युनिष्ट’को प्रतिगमन पनि सच्चिन्छ, अधुरो क्रान्ति पनि पुरा हुन्छ ।
प्रतिक्रिया दिनुहोस्