दीनदयालजी गान्धीको दरिद्र नारायणको अवधारणावाट नजिक देखिनु हुन्छ । दीनदयालजीले शासनको स्वरुपको वारेमा चर्चा गर्दै के आग्रह गर्नुहुन्छ कि शासनको सुद्धताले नरलाई नारायण बनाउन सक्दछ । अर्थात एकात्मक मानववाद अनुसार व्यक्ति आफैमा संप्रभु हो । शासनको महत्वपूर्ण दायित्व व्यक्तिमा नैतिकताको प्रत्यारोपण गर्नु हो । जन संघको विकासमा ग्वालवालकर, डा. मुखर्जी र दीन दयालजीको प्रमुख भुमिका देखिन्छ । तर डा. मुखर्जीको काश्मिरमा सहादत हुनु र दीनदयालजीको मुगलसरायमा रहस्यमय मृत्यु हुनु जस्ता घटनाले जनसंघ र राष्ट्रिय स्वंयसेवक संघ सम्पूर्ण मार्गदर्शन ग्वालवालकरले नै गरेका हुन । विस्तारै वाजपेयी र आडवानीको सहभागीताले जनसंघ अगाडि वढ्दै जेपीको आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्यो । जेपी आन्दोलन पछि सन १९८० मा जनसंघ भारतीय जनता पार्टी (बिजेपी)को रुपमा परिर्वतित भयो । यसअर्थमा ७५ औं भारतीय स्वतन्त्रता संग्रामको पुनित अवसरमा हिन्दुत्व चिन्तन धारालाई पनि सम्झनु पर्ने देखिन्छ
विपिन देव
भारतीय स्वतन्त्रता संग्रामको वारेमा अध्ययन गर्दा गान्धी, नेहरु, पटेल, सुभाष चन्द्र बोषलगायत केही खास व्यक्तित्वहरूको कृतित्वको वारेमा चर्चा गरिन्छ । वास्तवमा भारतीय स्वतन्त्रता संग्रामको गर्भवाट विभिन्न चिन्तनधारा जन्मे । एक धारको नेतृत्व गर्दै नेहरुले राज्य संञ्चालनको वागडोर सम्हालेर अगाडि बढे । समाजवादी चिन्तन धारालाई अगाडि बढाउँदै गान्धीवाद र माक्र्सवादलाई संयोजन र परिस्कृत गर्दै डा. लोहिया, जयप्रकाश नारायण, अर्चाय नरेन्द्र देव, अशोक मेहत्ता लगायत सम्पुर्णनन्द अगाडि बढे । तर गान्धीवादलाई चुनौती दिँदै र समय समयमा सम्मन्वय गर्दै हिन्दु चिन्तन धारा पनि अगाडि बढे ।
हिन्दु चिन्तन धाराको उठान गर्दा सर्बप्रथम वीर सावरकरको नाम मानसपटलमा आउने गर्दछ । सावरकर नौ वर्षको उमेरमा अंग्रेज शासनका विरोधमा कविता लेख्न सुरु गरेका हुन । सावरकरको व्यक्तित्वको वारेमा भर्खरै विक्रम सामपदले रोचक पुस्तक प्रकाशन गरेका छन । खास गरेर सावरकरको नाम विजेपीले चुनावमा पुंजीकृत गरेता पनि र अटल विहारी वाजपेयीले भारत रत्नको सिफारिस गरेता पनि उनको विराट व्यक्तित्वको विभिन्न आयमहरूको वारेमा व्यापक वहश पाएको देखिदैन । सावरकर गान्धीसंग विभिन्न विषयमा विमत्ति राख्थे । सन १९०६ मा उनको भेट गान्धीसंग वेलायतको इण्डिया हाउसमा भएको थियो । सावरकर वर्ण व्यवस्थाको कटर विरोधी थिए भने गान्धी वर्ण व्यवस्थालाई परिमार्जीत र परिस्कृत मात्र गर्न चाहन्थे । विदेशी लुगालाई आगो लगाएर वहिस्कार गर्नु, शुद्रलाई मन्दिर प्रवेश गराउनु र विधवा विवाहलाई प्रहोत्साहन गर्नु जस्ता कार्य सावरकरले गान्धी भन्दा पहिले नै सुरु गरेका थिए । सावरकारको क्रान्तीकारी पुस्तक “द फस्ट वार आँफ इण्डियन इनडिपेनडेनस” ले क्रान्तीलाई ध्वनित गर्यो ।
अंग्रेजले उनलाई वेलायतवाट जेल चलान गर्दा उनी सामुद्रिक वाटोमा ल्याउदा समुद्रमा हाम फाले तापनि उनलाई बन्दि बनाइयो र सेकुलर जेल (कालापानी, अण्डोवार निकोवार) मा वन्दी वनाइयो । ५० वर्षको लागि कैद गरियो । जेलको प्रर्खालमा किलाले कविता लेख्नु र कविताको माधयमवाट क्रान्तीको लागि कैदीहरूमा राष्ट्रवाद जगाउनु सावरकरको दैनिकी थियो । उनको कविता, “चन्द्रागिरी र वालविधवा” चर्चित कविता हुन् । उनको कवितामा उदवेग र समवेग छन । सावरकर जस्तै हिन्दु महासभालाई अगाडि बढाउने काम डा. श्यामाप्रसाद मुखर्जीले गरे । ३३ वर्षको उमेरमा उपकुलपतिको रुपमा काम गरेका डा. मूखर्जी वंगाल विभाजनको कटर विरोधी थिए । उनको व्यक्तित्ववाट प्रभावित भएर उनलाई नेहरुको मन्त्रीमण्डलमा गान्धीले सामेल गराएका थिए । भारतीय संसदमा उनलाई “संसदको सिंह” भन्ने गरिन्थ्यो । धारा ३७० को खारेजीको माग गर्ने डा. मुखर्जी नै थिए । सन १९५० को नेहरु र पाकिस्तानी प्रधानमन्त्री लियाकत अलीको सम्झौताको उनी कटर विरोधी थिए । अर्थात डा. मुखर्जीलाई पाकिस्तानीमा वसोवास गरेका हिन्दुहरू माथि भएको ज्याद्धती पाच्य थिएन । त्यस्तै कार्य काश्मिरमा आप्mनै कानुन हुनु पनि उनलाई मन्जुर थिएन । डा. मुखर्जीको उद्घोष के थियो भने एक देशमा एक प्रधान, एक निशान र एक कानुन मात्रै हुनु पर्दछ । यही विमतिको आधारमा उनले नेहरुको मन्त्रीमण्डलवाट राजीनामा दिए र देशमा एउटा नयाँ राजनीतिको सुरुवात गरे । सन १९५० मा मन्त्री पदबाट राजीनामा दिदै सेप्टेम्बर २१, १९५१ मा लखनउ सम्मेलन गर्दै २१ अक्टुवर १५५१ मा जनसंघको स्थापना गरे । जनसंघको गठनमा उनलाई राष्ट्रिय स्वंय संघको सहयोग, सदभाव र स्नेह प्राप्त थियो ।
राष्ट्रिय स्वंयसेवक संघ राजनीति पार्टी थिएन । राष्ट्रिय सेवक संघ हिन्दु दर्शन, सभ्यता र संस्कृतीलाई बचाउने र जगाउने संगठन थियो । हेडेगेवरले सुरु गरेता पनि यसलाई विराट संगठनको रुपमा विकसित गर्ने काम ग्वालवालकर (गुरुजी)ले गरेका हुन । ग्वालकर अद्वितीय विद्वान र संघर्ष संचालक थिए । ग्वालकरको मध्यस्तामा नै काश्मिरको राजा हरि सिंहले भारतीय एकीकरणमा हस्ताक्षर गरेका थिए । ग्वालवालकरद्वारा लिखित पुस्तक “वन्च आँफ थौट” राष्ट्रिय स्वंयसेवक संघको मुख्य दस्तावेज हुन । सन् १९६२ को चीनसंगको युद्धमा राष्ट्रिय स्वंयसेवक संघको भुमिकालाई स्वंय नेहरुले पनि प्रसंसा गरेका थिए भने गान्धी स्वंय दुई पटक स्वंयसेवक संघको शिविरमा गई हिन्दु शैलीको प्रशिक्षणको प्रसंसा गरेका थिए । ग्वालवालकरको सक्रिय सहयोगमा डा. मुखर्जीले जनसंघको स्थापना गरेका थिए । तर डा. मुखर्जीलाई सफल बनाउने काम पण्डित दीनदयाल उपाध्यायले गरेका थिए । दीनदयाल स्वंयसेवक संघको संघर्ष सञ्चालक थिए ।
दीनदयाल उपाध्यायले जनसंघलाई राजनीतिक रुप दिए । दीन दयालको दर्शनलाई “एकात्मक मानववाद” भनिन्छ । “एकात्मक मानववाद” आज भारतीय जनता पार्टीको दार्शनीक धरातल हुन । एकात्मक मानववाद उच्च कोटीको राजनीतिक दर्शन हुन । दीनदयालजी एकात्मक मानववादको माध्यमवाट पूँजीवाद र साम्यवादको प्रस्तावनालाई खारेज गर्दछ । अर्थात पूँजीवाद र साम्यवाद केन्द्रिकृत सत्तालाई वहाल गर्दै मानवलाई यान्त्रीकिकरण गरेको उनको ठहर रहेको छ । पूँजीवाद र साम्यवादले मानवको आध्यात्मीक चेतनालाई समाविष्ट गर्दैन । दुई वटै दर्शनले मानवलाई भौतिकवादी, लोभी, सुविधा भोगी र वस्तुवादी मात्र ठान्दछ । दीनदयाल उपाध्यायले एकात्मक मानववादको माध्यमवाट के आग्रह गरेका छन कि कुनै पनि शासनको प्रमुख ध्येय “अन्तोदय” हो । अर्थात समाजको अन्तिम पंक्तिमा रहेका मानवको वेदनालाई सम्वोधन गरेर कुनै मात्र नीति, नियम र शासन प्रणालीको लागु गर्नु पर्दछ ।
यस अर्थमा दीनदयालजी गान्धीको दरिद्र नारायणको अवधारणावाट नजिक देखिनु हुन्छ । दीनदयालजीले शासनको स्वरुपको वारेमा चर्चा गर्दै के आग्रह गर्नुहुन्छ कि शासनको सुद्धताले नरलाई नारायण बनाउन सक्दछ । अर्थात एकात्मक मानववाद अनुसार व्यक्ति आफैमा संप्रभु हो । शासनको महत्वपूर्ण दायित्व व्यक्तिमा नैतिकताको प्रत्यारोपण गर्नु हो । जन संघको विकासमा ग्वालवालकर, डा. मुखर्जी र दीन दयालजीको प्रमुख भुमिका देखिन्छ । तर डा. मुखर्जीको काश्मिरमा सहादत हुनु र दीनदयालजीको मुगलसरायमा रहस्यमय मृत्यु हुनु जस्ता घटनाले जनसंघ र राष्ट्रिय स्वंयसेवक संघ सम्पूर्ण मार्गदर्शन ग्वालवालकरले नै गरेका हुन । विस्तारै वाजपेयी र आडवानीको सहभागीताले जनसंघ अगाडि वढ्दै जेपीको आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्यो । जेपी आन्दोलन पछि सन १९८० मा जनसंघ भारतीय जनता पार्टी (बिजेपी)को रुपमा परिर्वतित भयो । यसअर्थमा ७५ औं भारतीय स्वतन्त्रता संग्रामको पुनित अवसरमा हिन्दुत्व चिन्तन धारालाई पनि सम्झनु पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्