जनता टाइम्स

१५ भाद्र २०७८, मंगलवार १२:३८

प्रधानमन्त्री पत्नि आरजुको फोनले प्रहरीमा मच्चायो हंगामा, ज्यान मुद्दामा पक्राउ परेका कांग्रेस नेतालाई छाड्ने तयारी


काठमाडौं, भदौ १५ । प्रहरी अधिकारी सत्तासँग कति धेरै नतमस्तक हुन्छन् भन्ने कुरा हालै एक घट्नाले देखाएको छ । कर्तव्य ज्यान जस्तो मुद्धामा पक्राउ परेका व्यक्तिलाई पनि राजनीतिक दबाको भरमा छाड्ने तयारी भइरहेको छ । पक्राउ परेका व्यक्ति प्रधानमन्त्रीपत्नी आरजु देउवा निकट कांग्रेस नेता भएको खुलेपछि प्रहरीमा हंगामा मच्चिएको हो ।

जसको कारण प्रहरीले घट्ना गोप्य राखेको छ । २०६८ सालको चैत ५ गते काठमाडौंको सरस्वतीनगरमा कैलालीकी मेघी चौधरीको रहस्यमय मुत्यु भयो । आगोगमा जलेर उनको मृत्यु भएको थियो । घट्ना आत्महत्या जस्तो देखाएपनि परिवारलाई शिश्वास लागेन । हत्या भएको हुनसक्ने आधार भए पनि त्यतिबेला प्रहरीले गम्भीरता देखाएन । गरिब परिवारकी कमलरी चौधरी घरेलु कामदारका रुपमा शान्तिनगरस्थित बालकृष्ण शाहको घरमा काम गर्थिइन् ।

त्यहाँ उनलाई चरम शोषण गरिएको थियो ।जुन उनले परिवारलाई लेखेको पत्रमा पनि उल्लेख छ । मृत्युको कारण अस्पष्ट छ । यदि आत्महत्या नै थियो भने कारण पोष्टमार्टममा नखुल्नु अच्चम छ ।प्रहरीले सोही घट्नामा संलग्नाताको आरोपमा बालकृष्ण शाह र रामबहादुर केसीलाई पक्राउ गरेको थियो । हाल उनीहरुको बानेश्वर वृत्तको थुनामा छन् ।, यो खबर आजको दृष्टि साप्ताहिकमा छ ।