जनता टाइम्स

४ असार २०७६, बुधबार १५:१६

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने पक्राउ


काठमाडौं, असार ४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही व्यक्तिहरुले आज कालो झण्डा देखाएका छन् । कलंकी मालपोत कार्यालयमा कालो झण्डा देखाउने मध्यका २ जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको प्रहरीले बताएको छ । कालिमाटी प्रहरी प्रमुख डीएसपी देवेन्द्रबहादुर पालका अनुसार उनिहरुलाई अहिले महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ ।

प्रधानमन्त्री ओली ‘नमूना’ नाम गरिएको मालपोत कार्यालयको उदघाटन गर्नका लागि आज बिहान कलंकी जानुभएको थियो । निर्धारित समय १० बजेभन्दा करीब एक घण्टा ढिलो पुग्नुभएको प्रधानमन्त्री ओलीलाई मालपोत कार्यालय परिसरमै केही व्यक्तिहरुले कालो झण्डा देखाएका थिए ।