जनता टाइम्स

४ असार २०७६, बुधबार २०:१३

जनताको पक्षमा खुलेर काम गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको छवी धमिल्याउने काम नगर्न मन्त्री, सचिवसहित कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाले विकासलाई प्रमुखता दिएको सरकारले गर्ने कामकारवाही जनताको पक्षमा हुनुपर्ने बताउनु भएको हो ।

राष्ट्रिय समस्या समाधान समितिको ४५औँ बैठकलाई सिहदरवारमा सम्वोधन गर्दै उहाले सरकारले राम्रो काम गर्दागर्दै पनि छवि धमिल्याउने प्रयास भएकोमा त्यसतर्फ चनाखो हुन आग्रह समेत गर्नुभयो । ‘सरकारको छवि उज्यालिएला भनेको धमिलिने स्थिति बनेको छ’, उहाले अगाडी भन्नुभयो,‘कसैले भन्न नपाउने गरी गल्ती नै नगरौँ समस्या समधान हुन्छ ।’ सबै मन्त्री उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओली जनपक्षिय काम गर्न पुन निर्देशन दिनुभयो । उहाले केही शक्ति सरकारलाई असहयोग गर्न लागि परिरहेको भन्दै त्यसलाई चिनेर अघि बढ्न कर्मचारीलाई समेत निर्देशन दिनुभयो ।

‘असहयोगको वातावरण चौतर्फी रूपमा सिर्जना गरिएको छ। सरकारलाई बदनाम गर्ने प्रयास गरिएको छ। सरकार बेठिक छ भन्ने पार्न खोजिएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो,‘राजनीतिक हमला भएका छन् नै, सरकारी निकायबाट जानेर–नजानेर असहयोग भएको छ ।’ वित्तीय संघीयता कार्यान्वयनको सवालमा सरकारले सफलता प्राप्त गरेको प्रधानमन्त्री ओलीको भनाई छ । उहाले नयाँ प्रणाली संचालन गर्दासमेत बिना विवाद स्थापित गरेको कुरा कसैले नकार्न नसक्ने बताउनु भयो । ‘टेलरले कोट, पाइन्ट नापेर बनाएपछि त फेरी उधारेर बनाउने गर्छ, हामीले त नयाँ प्रणालीको विकास गरेका हौँ। यसमा सफलता पाएका छौँ’, प्रधानमन्त्री ओलीलले भन्नुभयो ।