Untitled Document

सरकार निर्वाचन सार्ने खेलमा लागेको भन्दै माओवादीले तत्काल सरकार नछाड्ने

काठमाडौ, असोज ३१

सरकारले निर्वाचन सार्ने षडयन्त्रमा रहेको भन्दै नेकपा माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने भएको छ । सरकार छाड्ने घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गर्नुपूर्व सरकारले निर्वाचन सार्न लागेको सुचना पाएको भन्दै माओवादी तत्कालका लागी सो निर्णय थाती राखेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार छाड्ने बारेमा जानकारी गराई सकेको माओवादीका तर्फबाट गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयमै पत्रकार बोलाई घोषणा गर्न लागेका बेला सो सुचना पाएको जनाएको छ । सरकारले निर्वाचन सार्नका लागी ड्राफ्ट तयार पारिएको सुचना हामीले पायौं, त्यसैले सरकारबाट हट्ने निर्णय अन्तिममा स्थगित गर्नुप¥र्यो, शर्माको भनाई छ । उहाले भन्नु भयो, सबै मन्त्रीले सामुहिक राजिनामा दिने ड्राफ्ट हामीले तयार पारी हस्ताक्षर नै गर्न लागेका बेला सरकारले निर्वाचन सार्न लागेको गोप्य सुचना निर्वाचन आयोगबाट आएको यो निर्णय स्थगित गरिएको छ । निर्वाचन सुनिश्चित गर्नका लागी हामी सरकारमा गएका हौं, त्यसैले निर्वाचनको सुनिश्चितता नभएसम्म सरकार नछाड्ने निर्णय भएको गृहमन्त्री शर्माले बताउनु भयो ।

पटक पटक प्रधानमन्त्री देउवाले सरकार छाड्न दवाव दिदै यदी नछाडे विना विभागिय बनाउछु भन्दै धम्की दिने गरेका कारण आफुहरु विना विभागिय बस्नु भन्दा राजिनामा दिने निर्णयमा पुगेको थियौं । तर, यस्तो सुचना आएको कि अब त सरकार छाड्ने छैनौं । उहाको भनाई छ । यसअघि माओवादी मन्त्रीहरुले सरकार छाड्ने भन्दै मन्त्रालयबाट आफ्ना सबै सामानहरु तयार पारेका थिए । स्रोतका अनुसार माओवादी मन्त्रीले कात्र्तिक ५ गतेसम्म सरकार नछाड्ने तयारी गरेका छन् । मंसीर १० गते हुने पहिलो चरणको निर्वाचनको मनोनयन ५ गते तोकिएको छ । यसअघि पनि सरकारले निर्वाचनको मिति सार्न राष्ट्रपति समक्ष समेत प्रस्ताव लगेको समचार बाहिर आएको थियो ।

October 17, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *