जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार १२:५०

मनिष रन्जनले ल्याए ‘कृष्ण कृष्ण’ भजन (भिडियोसहित)


काठमाडौं, कात्तिक ३

दिपावलीको अवसर पारेर कृष्ण कृष्ण मनमा बोलको भजन बजारमा ल्याउनुभएको छ । उदयपुर जिल्लाको साविकको लेखानी गाविसमा २०५४ सालमा जन्मिनु भएका मनिषले आफू ८ वर्षको हुँदादेखि नवलपरासी स्थित मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यद्वारा संरक्षित त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम (श्रीमुक्तिनाथ पिठ वेद विद्याश्रम) मा आश्रित रही संस्कृत शिक्षा आर्जन गर्नुभएको हो ।

हाल उपत्यकाको कलंकीमा बस्दै आउनुभएका मनिष रञ्जन बरालको स्वरमा एक प्रकारको छुट्टै माधुर्यता रहेको पाइन्छ । दर्जनौ भजनहरु रेकर्ड गराइसक्नुभएका बरालको अन्य थुप्रै भजन बजारमा आउन बाकी भएको बताउँदै आउनुभएको छ । उहाँले जस्तोसुकै विधाका गीतहरु पनि गाउन सक्ने क्षमता रहेका उहाँले आफूले आर्जन गरेको शिक्षाको महत्व कायम राख्न भजनमा आकर्षित भएको बताउनुभयो ।

उहाँले उक्त भजनमा स्वर, संगीत संगीत समेत आफैंले दिनुभएको छ भने शब्द अर्जुन पौडेलको रहेको छ । बिश्वास नेपालले एरेञ्ज गरेको उक्त भजन भिडियोको निर्देशन तथा सम्पादन भने बिष्णु भट्टराईले गर्नुभएको छ । संस्कृतिको जगेर्ना गर्न भजनलाइ बढी महत्त्व दिनुपर्छ भन्ने सोच राख्नुभएको नवराज घिमिरेले आफुलाइ सो भजन मन परेपछी अगाडि ल्याउन तयार भएको बताउनुभयो ।