जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार १४:१३

यस्तो छ प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्था


काठमाडौं, मंसिर १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ । एपेन्डिसाइटिसको सफल शल्यक्रियापछि अस्पतालमै आराम गरिरहनुभएका प्रधानमन्त्री ओलीको अवस्थामा उल्लेख्य सुधार आएको चिकित्सकहरुले जनाएका छन ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरका अनुसार प्रधानमन्त्री ओलीलाई टाँका काटने समयसम्म मेडिकल अब्जरर्भेशनमा राखिएको छ । सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको जानकारी दिँदै डाक्टरहरूको सल्लाहअनुसार चिकित्सकीय अवलोकमनमा राखिएको बताउनु भयो ।

‘उहाँको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार आएको छ, कामको धपेडीले पछि समस्या नआवस भनेर मेडिकल अब्जरभेशनमा राखिएको हो,’ श्रेष्ठले भन्नुभयो । एपेन्डिसाइट भएपछि प्रधानमन्त्री ओली अघिल्लो साता त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहनमा शल्यक्रियाका लागि भर्ना हुनुभएको थियो । उहाँको सफल शल्यक्रिया गरेपछि अस्पतालमै राखेर आराम गराइएको हो ।