जनता टाइम्स

३० बैशाख २०७६, सोमबार १५:१३

सुनील र एन्जिलाको स्वरमा ‘ताराबाजी लै लै’ (भिडियो सहित)


काठमाडौं, बैशाख ३०

गायक सुनील कटुवाल र गायिका एन्जिला रेग्मीको युगल स्वरमा तारा बाजी लै लै बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत भीम बीसीको छ । शैलेन्द्र एम प्रधानले म्युजिक एरेन्ज गरेको गीतको म्युजिकमा बुगीबुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीले मोडलिङ गर्नुभएको छ ।

भिडियोमा कविताले प्रदीप लामा एन्ड द नेक्स्ड डान्स क्र्युसँग नृत्य गरेकी छिन् । पवन सुस्लिङले खिचेको भिडियोको कोरियोग्राफी प्रदीप र प्रमोद भण्डारी मिलेर गरेका छन्। भिडियो निर्देशन भने प्रदीपकै छ।

https://youtu.be/psFUXXxfCOA