जनता टाइम्स

५ बैशाख २०८१, बुधबार १३:४८

वैवाहिक बन्धनमा बाँधिए एलिना र विष्णु


काठमाडौँ, ५ वैशाख । गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार लामो समयदेखि प्रेमी रहेका सापकोटासँग परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन् ।

एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । बाग्लुङ निवासी विष्णु विवाहका लागि जन्तीसहित मंगलबार नै झापा पुगेका थिए ।

विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् भने लिना नेपालमै गायनमा सक्रिय रहेकी छन् ।