जनता टाइम्स

५ बैशाख २०८१, बुधबार १७:५६

उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्बजनिक


काठमाडौं, ५ बैशाख । कवी तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्बजनिक गरिएको छ । आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको ‘मनसरा’ को ट्रेलर आज सार्बजनिक गरिएको हो । ‘मनसरा’ मा दयाहाङराई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानलगायतको प्रमुख भूमिका रहेको छ ।

उपेन्द्र सुब्बा स्वयंको लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की रहनुभएको छ भने विष्ण कुमार लिम्बू, पर्शु अधिकारी, मनोरथ पोखरेल, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मको सह-निर्मातामा तथा सिजन दाहाल कार्यकारी निर्माता रहनुभएको छ । फिल्ममा शान्ति गिरी, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मण विक्रम बस्नेत लगायतको पनि अभिनय रहेको छ ।