जनता टाइम्स

४ बैशाख २०८१, मंगलवार १३:१२

सलमान खानको घर अगाडी गोली चलाउने दुई पक्राउ


काठमाडौं, ४ बैशाख । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अप्रिल १४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको थियो । मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए ।

गोली चलाउँदा सलमान आफ्नै घरमा थिए । घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको थियो । खानलाई लरेन्स–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो । मुम्बई प्रहरीका अनुसार गोली चलाइएको बन्दुक ७।६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली तथा आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । यस घटनाको जिम्मेवारी लरेन्स समूहले लिएको थियो । यो समुहले सलमानलाई यसअघि पनि पटक–पटक धम्कि दिँदै आएको थियो ।