जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार ०८:३९

अमेरिकामा आज मध्यावधि निर्वाचन, कंग्रेसको नियन्त्रणका लागि प्रतिस्पर्धा


काठमाडौं, कात्तिक १७ । अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको मध्यावधिमा हुन लागेको यस निर्वाचनले संसद् (कंग्रेस) को नियन्त्रण कुन दलको हातमा रहने भन्ने टुंगो लगाउनेछ ।

निर्वाचनमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४३५ सिटका लागि मतदान हुँदैछ । यसका साथै ३९ राज्य तथा क्षेत्रमा नयाँ गभर्नर चयनका लागि पनि निर्वाचन हुनेछ ।

निर्वाचनअघि सम्पन्न प्रारम्भिक मतदानमा डेमोक्रेटिक उम्मेदवारहरूले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएको समाचारमा उल्लेख छ ।

न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयले गरेको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको छ । त्यस्तै, रोयटर्स र इप्सोसको सर्वेक्षणअनुसार प्रारम्भिक मतदानमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी पछाडि देखिएको छ ।

अमेरिकामा लाखौँ मतदाताले निर्वाचनको दिनअघि नै ‘अर्ली भोटिङ’ अर्थात् प्रारम्भिक मतदानमार्फत आफ्नो मत खसालिसकेका छन् ।