काठमाडौं, कात्तिक १७ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिनुभएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अवतरणका क्रममा दुई हेलिकोप्टरका पंखा ठोक्किएको प्रारम्भिक जानकारी आएको बताउनुभयो । घटनाबारे थप विवरण बुझ्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्