काठमाडौं, कात्तिक १७ । आज देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार गएराति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको थियो ।
यसैबीच, बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवात विकसित हुने सम्भावना रहे पनि त्यसको प्रभाव नेपालमा नपर्ने महाशाखाले जनाएको छ ।
मौसमविद्हरूले नयाँ मौसमी प्रणालीको असर नेपालमा नपर्ने भएकाले ढुक्क भएर धान काट्न सुझाव दिएका छन् । उनीहरूका अनुसार अबको दुई हप्तासम्म नेपालमा ठूलो वर्षा गराउने प्रणाली आउने सम्भावना छैन ।














प्रतिक्रिया दिनुहोस्