काठमाडौं, कात्तिक १७ । काठमाडौंको चाबहिलसहित विभिन्न क्षेत्रमा आज बिहान तीन घण्टा विद्युत् आपूर्ति बन्द गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले चाबहिल सबस्टेसनको मर्मतसम्भारका लागि बिहान ५ बजेदेखि ८ बजेसम्म विद्युत् आपूर्ति बन्द गरेको हो ।
प्राधिकरणका अनुसार चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति रोकिएको हो ।
यसबाट चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्र प्रभावित भएका छन् ।
निर्धारित समयभन्दा अगावै मर्मतसम्भारको काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिने प्राधिकरणले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्