जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार ०८:३८

पृथ्वी राजमार्गको मझिमटारमा आज पनि दुई घण्टा यातायात बन्द


काठमाडौं, कात्तिक १७ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज पनि दुई घण्टा सवारी आवागमन बन्द गरेर निर्माण कार्य गरिने भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम भइरहेकाले आज बिहान ९ बजेदेखि ११ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म यातायात बन्द गरेर निर्माण कार्य गरिएको थियो । तर, तोकिएको समयमा काम सम्पन्न हुन नसकेपछि आजका लागि पनि दुई घण्टा यातायात बन्द गर्ने समय निर्धारण गरिएको हो ।