जनता टाइम्स

६ बैशाख २०८१, बिहीबार १३:२६

टंक बुढाथोकीले ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै


काठमाडौं, ६ बैशाख । गायक तथा संगीतकार टंक बुढाथोकीले अशोक दर्जीलाई लिएर फिल्म बनाउनुहुने भएको छ । उहाँको क्यारियरको टर्निङ पोइन्ट मानिएको गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ गीतमाथि नै फिल्म बनाउने घोषणा गरिएको छ ।

६ वर्ष अगाडि रिलिज भएको यो गीत निकै चर्चित बनेको थियो । फिल्मलाई टंक आफैंले निर्देशन गर्दै छन् । यस गीतमा टंकसँगै आवाज दिएका अशोक दर्जीले फिल्ममा अभिनय गर्ने भएका छन् ।

यस फिल्मको निर्माण टंकसहित एनआरएन विनय अधिकारी गर्ने बताइएको छ । फिल्मको स्क्रिप्ट शिवम अधिकारीले लेख्नुभएको छ भने फिल्मको छायांकन जेठपछि शुरु हुने बताइएको छ ।