Untitled Document

हेलिकप्टर दुर्घटनामा परि दिवंगत भएका अमेरिकी सैनिकलाई ‘वीरता पदक’बाट सम्मान

काठमाडौं।विनासकारी भूकम्पको उद्धार कार्यको सिलसिलामा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा परि दिवंगत भएका अमेरिकी सैनिकहरुलाई उनीहरुको अतुलनिय योगदानको कदर स्वरुप नेपाल सरकारबाट दिइएको ‘वीरता पदक’ प्रदान गरेका छन् ।

काठमाडौंस्थित अमेरिकी सैनिक सहचारी प्रमुख सेनानी ग्रेगोरी डी पाइप्सलाई नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले हस्तान्तरण गरेका हु्न् । भूकम्पपछि उद्धारकार्यका बेला सिन्धुपाल्चोक जिल्लामा भएको हेलिकप्टर दुर्घटनामा परि अमेरिकी सेनाका ६ जनासहित २ नेपाली सेनाका सैनिकहरुले वीरगति प्राप्त गरेका थिए ।

प्रधानसेनापति क्षेत्रीले सो अवसरमा सरकारले २०७३ सालमा प्रदान गरेको विभूषण, अलङ्कार तथा पदकहरु नेपाली सेनाका रथीवृन्द, अधिकृत, अन्यदर्जा तथा कर्तव्य पालनाको सिलसिलामा वीरगत प्राप्त सकलदर्जालाई प्रदान गरेका थिए ।

७ असार २०७४, बुधबार १७:०४मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *