भिडियोमनोरञ्जन

बिष्णु माझीको ‘अनुसन्धान’ सार्वजनिक (भिडियो)

काठमाडौं, जेठ १

धुन नेपालको प्रस्तुतिमा रहेको धेरैको प्रतिक्षामा रहेको गीत ‘अनुसन्धान’ सार्बजनिक भएको छ । पछिल्लो समयमा ब्यापक चर्चामा रहेको जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत ‘अनुसन्धान’ सार्बजनिक भएको हो। उक्त भिडियोलाई धुन नेपालले बजार व्यवस्थापन गरेको छ । गीतमा गायिका माझी र नब गायक अशोक बिकको आवाजमा रहेको छ ।

निकै मेहनतका साथ निर्माण भएको उक्त गितमा शब्द सागर रेग्मीले गरेका हुन् भने लय किशोर खत्रीले गरेका हुन् । निर्देशक डि.आर सुजनको निर्देशनमा रहेको गितमा मोडल किशोर खत्री आयुष्मा कार्की, लक्ष्मी गिरी, बिबिषा पोखरेल,राजु गैरे कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवा लगायत कलाकारहरुको दमदार अभिनय देख्न सकिन्छ ।

गीतलाई धुन नेपालको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ । रेशम दर्लामी र दिपक गिरीले छायांकन गरेको गीतलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।

https://youtu.be/wSpDG3n1E8w

 

Comment here

%MINIFYHTML37fd9ed5b3cd77606efacdb849abb62611%