जनता टाइम्स

११ आश्विन २०७७, आईतवार १५:४०

भान्छामा काम गर्ने सहयोगीमा संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा ‘सेल्फ क्वारेन्टिनमा’


काठमाडौं, असोज ११

भान्छामा काम गर्ने एक जना सहयोगीमा कोरोना पुष्टि भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टिन बसेका छन । निवासमा कार्यरत एक जना भान्छेमा हिजो कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बस्नुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्ड अनुसार प्रधानसेनापति सुरक्षा सजगता अपनाउँदै सेल्फ आइसोलेसनमा बस्नुभएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताउनुभयो । यसअघि २ पटक संक्रममितको कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानसेनापति थापाको पीसीआर रिपोर्ट नेभेटिभ आएको थियो ।