Untitled Document

हतियार देखाई लुटपाट गर्ने प्रक्राउ

भक्तपुर, साउन ४ । विभिन्न ठाउँमा लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले विशेष सुराकीको आधारमा कौशलटारबाट प्रक्राउ गरेको छ । विभिन्न ठाउँमा हतियार देखाएर तसाई लुटपाटमा संलग्नलाई प्रहरीले प्रक्राउ गरि सार्वजनीक गरेको हो ।

प्रहरीले बुधबार मध्यपुर थिमि–२ स्थित कौशलटारमा खानतलासी गर्दा उनीहरुको साथबाट एक थान चक्कु, दुई थान मनी पर्स, एक थान नाईलनको डोरी, चार थान मोबाईल, एक थान घडी, २५ ग्राम गाँजा, सात थान नेराभेट चक्कीसहित एक हजार तीन सय असी रुपैयाँ बरामद गरेको छ ।

प्रहरीले लुटपाटमा संलग्न सुनपा–३ बस्ने वर्ष ३० को प्रविण छु श्रेष्ठ, कैलाली धनगढी ७ घर भई हाल सुनपा–३ बस्ने वर्ष २१ का सुरज चौधरी, काभ्रे घर भई हाल सुनपा–४ बस्ने वर्ष २० का ईन्द्र सिंह तामाङलाई प्रक्राउ गरेको हो ।

उनीहरुले विभिन्न ठाउँमा ट्रयाक्सी चालक तथा अन्य ब्यक्तिलाई चक्कु देखाई लुटपाट गरेको अभियोगमा प्रक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

 

४ श्रावण २०७४, बुधबार २१:१७मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *