जनता टाइम्स

२६ बैशाख २०८१, बुधबार १०:०३

नेतृत्व हस्तान्तरणबारे केपी ओलीको नयाँ खुलासा


काठमाडौं, बैशाख २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिबाट बिश्राम लिने समयबारे नयाँ खुलासा गर्नुभएको छ ।

हिमालयन टेलिभिजनका पत्रकार राजेन्द्र बानियाँँसँगको बिशेष कुराकानीमा अध्यक्ष ओलीले नेकपा एमालेमा आफ्नो नेतृत्व र राजनीतिबाट बिश्राम लिने बिषयमा खुलासा गर्नुभएको हो ।पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले एमाले कसैले ढाल्न नसक्ने अवस्थामा पुगेपछि आफूले नेतृत्व हस्तान्तरण गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जव कसैले ढाल्न नसक्ने अवस्थामा एमाले पुग्छ, मेरो समय सिद्धिन्छ ।’ अध्यक्ष ओलीले एमाले कास्की जिल्ला कमिटीको प्रथम बैठकमा बोल्दै अझै २० बर्ष नेतृत्वमा कसैले नच्याउन सुझाउनु भएको थियो । अझै २० बर्ष पार्टीको नेतृत्व गर्ने अध्यक्ष ओलीको घोषणाले एमाले पङितमा खुसयाली छाएको छ भने बिरोधी पार्टीमा सन्नाटा जस्तो देखिन्छ ।

केपी ओलीबिनाको एमाले, एमालेबिनाको नेपाल भन्नेहरुलाई मैले पोखराबाट जवाफ दिएको हो । त्यसो भन्नेलाई मैले अझै २० बर्ष नच्याए हुन्छ भनेको हो । एमाले जव कसैले ढाल्न नसक्ने अवस्थामा पुग्छ, मेरो समय त्यतिबेर सिद्धिन्छ । 

यही बेला ओलीले एमालेलाई कसैले ढाल्न नसक्ने दिन आफ्नो समय सकिने खुलासा गर्नुभएको छ । ‘केपी ओलीबिनाको एमाले, एमालेबिनाको नेपाल भन्नेहरुलाई मैले पोखराबाट जवाफ दिएको हो । त्यसो भन्नेलाई मैले अझै २० बर्ष नच्याए हुन्छ भनेको हो । एमाले जव कसैले ढाल्न नसक्ने अवस्थामा पुग्छ, मेरो समय त्यतिबेर सिद्धिन्छ । यो कुरा साँचो हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले एमालेले यत्तिकै मिशन ०८४ नभनेको पनि बताउनु भयो । देश बनाउने स्पष्ट भिजनसहित मिशन ८४ अघि बढाइएको उहाँको भनाई छ । ‘मिसन ८४ एमालेले यत्तिकै भनेको होइन, यो देश बनाउनका लागि भनेको हो । देश बन्छ भन्ने कुरा जनतालाई बुझाउनका लागि हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।