काठमाडौं, २० असोज । अभिनेता नीर शाह र अभिनेत्री केकी अधिकारी म्युजिक भिडियोमा सँगै देखिनुभएको छ । गायक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ मा शाह र अधिकारीसँगै देखिनुभएको हो ।
अर्जुन थापाले संगीत र म्युजिक भिडियो निर्देशन गर्नुभएको हो । उहाँले फिल्मी स्टाइलमा गीत खिचेको बताउँदै दर्शकको मनोरञ्जनका लागि पैसा खर्चिन कन्जुस्याइँ नगरिएको दाबी गर्नुभयो । करिब १३ लाख रुपैयाँ लगानीमा बनेको भिडियो सुशील डाँगीले खिच्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्