काठमाडौं, २४ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । फ्लाई दुवईको उडानमार्फत भारत उत्तर प्रदेशका महमद जुहेवलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
दुबईबाट सुन लिएर आएको सुराकका आधारामा प्रहरीले ट्वाइलेट गराएर मलद्वारमा लुकाएको आधाकिलो सुन बरामद गरेको हो । उत्तर प्रदेशको बुलन्द शहर घर भएका ४२ वर्षीय जुबेदले एक्सरे मेशिनले रिड नगर्नेगरी जलप लगाएर उक्त दुई वटा डल्ला सुन ल्याएका थिए ।













प्रतिक्रिया दिनुहोस्