लण्डन, २५ मंसिर । गैरआवासीय नेपाली संघको निर्वाचन समितिका संयोजक लीलामणि पौडेलले राजीनामा दिनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार पौडेलले बार एसोसिशनको जारी आन्दोलनका कारणले संघको निर्वाचनमा समय दिन नसक्ने भन्दै पदबाट शुक्रवार राजीनामा दिनुभएको हो । पौडेल नेपाल बार एसोसिएसनमा महासचिव हुनुहुन्छ ।
पौडेलको राजीनामापछि संघका संस्थापक मध्येका एक रामप्रताप थापालाई कार्यवाहक निर्वाचन आयुक्त तोकिएको संघले जनाएको छ। गैरआवासीय नेपाली संघको निर्वाचन समितिले आगामी डिसेम्बर २६ र २७ तारिखमा हुने निर्वाचन तालिका परिवर्तन गरेको छ ।
निर्वाचन समितिका अनुसार आज हुने उम्मेदवारी दर्ता १६ डिसेम्बरसम्मका लागि सरेको छ । संघको निर्वाचन समितिका अनुसार मतदाता नामावली प्रकाशित गर्न प्राविधिक रुपमा थप समय आवश्यक भएकोले मिति पछि सारेको हो । निर्वाचनको लागि डिसेम्बर १६ तारिख बिहान १० बजे देखी १७ तारिख बिहान १० बजे सम्म उम्मेदवारी गर्दा गर्ने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्