काठमाडौं, ४ पुस । ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ ९क्यान० ले नयाँ कप्ताको जिम्मेवारी तोकेसँगै नेपाली क्रकेट विवादमा फसेको छ । मल्लसहितका खेलाडीलाई क्यानले कारबाही गरेपछि राष्ट्रिय स्तरमा यसको चर्चा र विरोध भइरहेको छ । यसैबीच नयाँ कप्तान नियुक्त भएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफूलाई कप्तान नियुक्त गरिएकोमा खुसी व्यक्त गरेका छन् । उहाँले आज सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्नुभएको हो ।
उहाँले नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित भएको उल्लेख गरेका छन् र आफूलाई निस् शर्त समर्थनका कृतज्ञता ज्ञापन गरेको जानकारी दिनुभयो । ‘छातीमा नेपालको झण्डा बोक्ने मेरो सपना थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित छु,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘म क्यान, नेपाली जनता र विश्वभरिका सबै फ्यानहरूलाई उनीहरूको निःशर्त समर्थन र प्रार्थनाको लागि कृतज्ञ छु ।’
खेलाडी बर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै आएका मल्ललाई हटाएर लामिछानेलाई कप्तान नियुक्त गरिएको थियो भने दीपेन्द्रसिंह ऐरीको उपकप्तान पद पनि खोसेको थियो। उपकप्तानको जिम्मेवारी भने कसलाई पनि दिइएको छैन । ज्ञानेन्द्र र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुआती ६ महिना सम्मका लागि कारबाही स्वरुप सम्झौताबापत प्राप्त हुने तलब नदिने पनि क्यानले निर्णय गरेको छ ।
क्यानले मल्ललाई राष्ट्रिय टोलीको कप्तान र दीपेन्द्रसिंहलाई उपकप्तानबाट हटाएपछि अन्य खेलाडीहरुले सामाजिक सञ्जालमार्फत सांकेतिक विरोध जनाइरहेका छन् । कारबाहीमा परेका खेलाडी लगायतले नेपाली क्रिकेट नै छाड्न सक्ने आकल भइरहेको बेला सन्दीपले भने सबैलाई टिममा ढोका खुला रहेन बताउनुभएको छ । ‘टोलीका रूपमा हाम्रो योजना सरल रहनेछ। नेपाललाई क्रिकेट विश्वको नक्सामा प्रभावकारी रूपमा राख्ने,’ उहाँले लेख्नुभएको छ,‘यो हुनको लागि, हामी एक परिवार, एक टोली, एक इकाईको रूपमा खेल्नेछौं । यस टिममा ढोका सबैका लागि खुला रहनेछ ।’
यसअघि कारबाहीमा परेका खेलाडीहरुले पत्रकार सम्मेलन गर्दै बर्गीकरणमा सुधार गरेर छलफलबाट समस्या समाधान गर्न सकिने बताउनुभएको थियो । खेलकुदमन्त्री सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि यस बारे चासो राखेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले पनि क्यान अध्यक्षलाई फोन गरेर चासो राख्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्