काठमाडौं, २२ पुस । नेकपा एमालेका रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ।हृदयघातबाट ४७ वर्षीय रोकाको बुधबार निधन भएको हो।
रोकाको निधनबाट पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको नेकपा एमाले केन्द्रीय कार्यालयले जनाएको छ।‘हाम्रो पार्टीका रोल्पा जिल्ला कमिटीका सचिव कमरेड निमप्रसाद रोकाको ०७८ पुस २१ गते ४७ बर्षको उमेरमा हृदयघातबाट असामयिक निधन भएकोमा पार्टी स्तब्ध भएको छ,’ एमालेले पार्टीको फेसबुक पेजमार्फत् जानकारी दिँदै भनेको छ, ‘कमरेड रोकाको निधनबाट हाम्रो पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको छ। दुस्खको यस घडीमा दिवंगत कमरेड रोकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा हाम्रो पार्टी समवेदना प्रकट गर्दछ।’













प्रतिक्रिया दिनुहोस्