काठमाडौं, असार ३२ । स्याङ्जामा गोठ भत्किँदा एक किसानको मृत्यु भएको छ। गल्याङ नगरपालिका–६ पिडीखोला निवासी ६५ वर्षीय धनबहादुर रेश्मीको बिहीबार बिहान गोठले च्यापिएर ज्यान गएको हो।

वडाध्यक्ष दीपछिरिङ गुरुङका अनुसार रेश्मी बिहान भैँसी र बङ्गुरलाई कुँडोपानी दिन गोठमा गएका बेला अचानक गोठ भत्किएको थियो। गोठले पुरिँदा उहाँको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा गोठभित्र रहेका केही चौपाया पनि पुरिएर मरेका छन्। पुरानो तथा जीर्ण अवस्थामा रहेको गोठ निरन्तरको वर्षाका कारण भत्किएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनापछि स्थानीयवासी र सम्बन्धित निकायले उद्धार तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएका छन्।












प्रतिक्रिया दिनुहोस्