काठमाडौं, माघ १८ । नेपालमा पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । मंगलबार बिहान मौसमी प्रभाव आंशिक रहे पनि बुधबारबाट सक्रिय हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको हो ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।
राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू९भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।













प्रतिक्रिया दिनुहोस्