काठमाडौं, १९ फागुन । आज थप १०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ४४८ जनाको पिसीआर परीक्षण गर्दा ७० जना र दुई हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौंमा १८, भक्तपुरमा दुई र ललितपुरमा पाँच गरी काठमाडौं उपत्यकामा २५ कोभिड सङ्क्रमित थपिएका छन् ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २९० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३२० कोरोना सङ्क्रमणमुक्त भएका छन । त्यसैगरी हाल सात हजार ५१७ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये सात हजार ३४९ होम आइसोलेशनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ६१ आइसीयु र नौ जना भेन्टिलेटरमा उपचाररत् छन् । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ लाख १६ हजार ७६१ रहेको छ । नौ लाख ५७ हजार ८०८ सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा तीनको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४३ पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्