जनता टाइम्स

२५ फाल्गुन २०७८, बुधबार २२:३४

तनहुँमा जीप दुर्घटना, ६ जना घाइते


काठमाडौं, २५ फागुन । पोखराबाट स्याङ्जातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । आज साँझ शुक्लागण्डकी नगरपालिका–७ स्थित स्याउलीबजारमा ग१ज ६५४४ नम्बरको जीप दुर्घटनामा परेको हो ।

प्रहरीले अनियन्त्रित भएर जीप दुर्घटना भएको जनाएको छ । घाइतेमध्ये व्यास नगरपालिकाका पदम थापा, स्याङजा​को चापाकोटकी इन्द्र कुमारी राना, दान बहादुर राना, शेषबहादुर राना र क्याम बहादुर रानाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।