जनता टाइम्स

४ चैत्र २०७८, शुक्रबार १६:०८

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु


मकवानपुर, ४ चैत । मनहरी गाउँपालिका–६ भुलचोकस्थित सडकमा बा.४ ख ४४५४ नम्बरको बस शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बसका सहचालक नुवाकोट तार्केश्वर गाउँपालिका–४ बस्ने २२ वर्षीय सुभाष श्रेष्ठ र सोही ठाउँ बस्ने २९ वर्षीय शम्भु दराई रहेका छन् ।

दुर्घटनामा घाइते भएका अन्य ९ जनालाई उपचारका लागि चितवन भरतपुरतर्फ पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।