काठमाडौं, १६ चैत्र । अमेरिकी राष्ट्रपति जो बाइडेनले डिन थोम्पसनलाई नेपालका लागि नयाँ राजदूतका रूपमा प्रस्ताव गर्नूभएको छ। मंगलबार राष्ट्रपति बाइडेनले लामो समयदेखि अमेरिकी कूटनीतिक सेवामा रहेका थोम्पसनलाई नयाँ राजदूतका रूपमा प्रस्ताव गर्नुभएको छ । अमेरिकी सिनेटले नाम अनुमोदन गरेपछि उहाँ नेपालका लागि राजदूत नियुक्त हुनुहुने छ । उहाँले वर्तमान राजदूत र्यान्डी बेरीलाई प्रतिस्थापन गर्नेछन् ।
तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त बेरीले २०७५ साल कात्तिक ८ गते नेपालका लागि अमेरिकी राजदूतका रूपमा पदभार सम्हानु भएको थियो । सामान्यतया अमेरिकी राजदूतको कार्यकाल ३ वर्ष हुने गरे पनि बेरीको कार्यकाल एक वर्ष थप गरिएको थियो ।
नयाँ राजदूतका रूपमा थोम्प्सनको नियुक्तिसँगै बेरी फर्किनु हुने छ । बेरीलाई अब कुन जिम्मेवारी दिने भन्नेबारे भने केही जानकारी दिइएको छैन । थोम्पसन करिअर मिनिस्टर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करियर सदस्य हुनुहुन्छ । कूटनीतिज्ञका रूपमा उहाँले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही २५ वर्षभन्दा बढी सेवा गरिसक्नुभएको छ । अहिले उनी विदेश मन्त्रालयको दक्षिण तथा पूर्वी एसिया विभागमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीु का रूपमा कार्यरत हुनुहुन्छ । त्यसअघि उनी क्वालालम्पुरस्थि अमेरिकी राजदूतावासमा डेपुटी चिफ अफ मिसन का रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यस्तै उहाँले रोमानियाका लागि अमेरिकी राजदूतावासमा डेपुटी चिफ अफ मिसनकै रूपमा जिम्मेवारी सम्हालेनुभएको थियो ।
त्यसअघि थोम्प्सनले कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतका रूपमा काम गर्नुभएको थियो । विटेनबर्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण थोम्पसनले मेरिल्यान्ड विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । त्यस्तै नेसनल वार कलेजबाट उनले ुराष्ट्रिय सुरक्षा रणनीतिु मा स्नातकोत्तर पनि गरेका छन् । उहाँ रोमानियाली र बंगाली भाषामा पनि दख्खल राख्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्