जनता टाइम्स

२ बैशाख २०७९, शुक्रबार १५:३४

केन्द्रीय कार्यालयको निर्देशनपछि रोकियो पोखरा महानगरमा एमालेको उम्मेद्‍वार छान्ने चुनाव : मेयरमा १२, उपमेयरमा ९ जनाको नाम सिफारिश


कास्की, बैशाख २ । पोखरा महानगर प्रमुख छान्न नेकपा एमाले नगर कमिटीले शुक्रबार तय गरेको आन्तरिक निर्वाचन नहुने भएको छ ।

केन्द्रीय कार्यालयको निर्देशनपछि मतदान रोकिएको हो । पोखरा महानगरको लागि तोकिएको भन्दा बढी आकांक्षी भएपछि महानगर प्रमुख र उपप्रमुख छनोट गर्न मतदानबाटै उम्मेदवार छान्ने प्रक्रिया सुरु भएको थियो । तर, सर्वसम्मत रुपमा अघि बढ्ने गरी आवेदन दिएका सबै उम्मेदवारलाई नै सिफारिस गर्ने महागर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिनुभयो ।

‘निर्वाचनको तयारी भए पनि अन्तिम समयमा नगर्ने बरु सर्वसम्मतिबाटै सबैको नाम सिफारिस गर्ने सहमति भएको छ,’ न्यौपानेले भन्नुभयो । पोखरा महानगरका लागि मेयरमा १२ जना र उपमेयरमा ९ जना आकांक्षी रहेका छन ।

यस्तै उपमेयरका लागि प्रेस चौतारी नेपालकी केन्द्रीय सचिव सुष्मा पौडेल, देवका पाहारी र बिना गुरुङको नाम सिफारिश भएको छ ।