जनता टाइम्स

२६ जेष्ठ २०७९, बिहीबार १४:४८

दैलेख जिससमा सत्तारुढ गठबन्धन पराजीत : प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमाले उम्मेदवार बिजयी


दैलेख, जेठ २६ । दैलेख जिल्ला समन्वय समितिमा सत्तारुढ गठबन्धन पराजीत भएको छ । आज भएको निर्वाचनमा एमाले र स्वतन्त्र उम्मेदवारको प्यानलसँग गठबन्धनका उम्मेदवार पराजीत भएका हुन ।

निर्वाचनमा जिसस संयोजकमा स्वतन्त्र उम्मेदवार नमराज शाही १३ मतका साथ बिजयी हुनुभएको छ भने उपप्रमुखमा एमालेका १३ मतका साथ केशवबहादुर शाही बिजयी हुनुभएको छ ।

यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रमुखका उम्मेदवार दुर्गा श्रेष्ठले ९ मत पाउनु भएको छ ।