जनता टाइम्स

५ असार २०७९, आईतवार १७:३७

अखिल क्रान्तिकारीको बैठकमै कुटाकुट, विवादले उग्र रूप लिएपछि प्रहरीले गर्यो बल प्रयोग


काठमाडौं, ५ असार । अनेरास्ववियु क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा कुटाकुट भएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनको नेतृत्व चयनप्रति असन्तुष्ट रहेका समूहले बैठक हलमा विधि विधान लागु गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुट भएको हो ।

महासचिव दीपेश पुन झडप रोक्न आफै मैदानमा उत्रिए पनि विरोध र नाराबाजी भएको छ । असन्तुष्ट पक्षले तानाशाह चल्दैन भन्दै केन्द्रीय समिति बैठकलाई अवैध गुट बैठक भनेका छन् । संगठनले पवन कार्की लगायत समानान्तर कमिटी बनाउनेमाथि कारबाही गरेको छ ।

अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भनिएको बैठकमा तनाव भएपछि उहाँ आउनुभएन । कार्कीको समूहले हलमा नाराबाजी गरेको आरोप छ । विवादले उग्र रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बल प्रयोग गरेर बैठक स्थल खाली गराएको छ ।