काठमाडौं, असार ३१ । नेकपा एमालेको केन्द्रीय बिभागमा एम अधिकारीको नामलाई लिएर गभर्नर महाप्रसाद अधिकारीबिरुद्ध खनिएको नेकपा माओवादी आफै भने उच्च तहका सरकारी कर्मचारीलाई छद्म नाममा केन्द्रीय बिभागमा राख्ने पहिलो पार्टीका रुपमा देखापरेको छ ।
माओवादीले गत बर्ष मंसीरमा केन्द्रीय बिभाग बनाउँदा निमित्त स्वास्थ्य सचिव रहेका डा. गुणराज लोहनीदेखि सहसचिवसम्मलाई बिभागमा राखेको पाइएको छ । लोहनीलाई माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागको सदस्य राखिएको हो ।

लोहनीको छद्म नाम डा. जि. आर. लोहनीबाट माओवादी केन्द्रमा सक्रिय रहँदै आउनु भएको छ । डा. लोहनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ‘खास’ मान्छेका रुपमा परिचित हुनुहुन्छ । लोहनी भन्दा अगाडि डा. जिएन. शर्मा उर्फ स्वास्थ्यकै उपसचिव गुणनिधि शर्माको नाम रहेको छ । गुणनिधि शर्मालाई माओवादी केन्द्रमा राखिएको छ ।
माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागकी प्रमुख कल्पना धमला हुनुहुन्थ्यो त्यसबेला । धमलाको नेतृत्वमा गठन भएको माओवादी केन्द्रको स्वास्थ्य विभागमा अनियमिततामा मुछिएका वीपी प्रतिष्ठानका रेक्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका रेक्टर डा. नीरेश थापासहितका सरकारी, सार्वजनिक पदमा रहेका स्वास्थ्यकर्मीहरू सदस्य थिए ।













प्रतिक्रिया दिनुहोस्