पर्सा, १२ साउन । वीरगन्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको ५ लाख ८८ हजार रूपैयाँ सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ५२ वर्षीय सुरेन्द्र कुमार गुप्ता छन् ।
उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । भारतबाट वीरगन्जतर्फ आउँदै गरेको बा. ५६ प ५५० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।













प्रतिक्रिया दिनुहोस्