जनता टाइम्स

१३ श्रावण २०७९, शुक्रबार १६:५९

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कीर्तिपुरबाट पक्राउ


काठमाडौं, १३ साउन । बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–९ घर भएका २२ वर्षीय सागर गुप्ताल रहेका छन् । उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७७ असोज ८ गते उक्त मुद्दामा उनलाई ३ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए । उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले कीर्तिपुर नगरपालिका–१० नयाँबजारबाट पक्राउ गरेको हो ।

गुप्ताले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी/जानी ग्लोबल बैंक कीर्तिपुर शाखामा रहेको उनको खाताबाट रकम भुक्तानी हुने भनि पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।