जनता टाइम्स

१५ श्रावण २०७९, आईतवार २१:३०

साफ यू–२० च्याम्पियनसिपमा नेपाल ८–० ले पराजित


काठमाडौं, १५ साउन । सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू–२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएको छ । यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारत विरुद्ध निरिह बन्दा एक गोल पनि फर्काउन सकेन । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै ७ गोल थप्यो ।अघिल्ला दुई खेलमा ७ गोल गरेको नेपालले भारतसँग मात्र ७ गोल खायो ।

यस हारले फाइनल पुग्ने नेपालको लक्ष्यमा झड्का लागेको छ । तीन खेलबाट नेपालको ६ अंक छ । उति नै खेलबाट ६ अंक जोडेको भारत हेड टु हेड र गोल अन्तर दुवैमा नेपाल भन्दा अघि छ र दोस्रो स्थानमा छ । बंगलादेश सबै तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ ।अब नेपालले फाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई हराउनै पर्नेछ भने अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित हुनुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ ।भुवनेश्वरको कालिंगा स्टेडियममा भएको खेलको ३२औं मिनेटमा टाइसन सिंह लवइटोङबामले गर्दै भारतलाई अग्रता दिलाएका थिए । एकपक्षिय जस्तै बनेको खेलमा नेपालले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन भने भारतले लगातार गोल गरिरह्यो ।पार्थिव सुन्दर गोगोईले ५०औ र ५२औं मिनेटमा गोल गर्दै भारतको अग्रता ३(० बनाए । पथुम गिमहानाले ६४औं मिनेटमा गोल गर्दै भारतको अग्रता ४(० बनाए । भारत रोकिएन ।

७१औं मिनेटमा हिमांशु जाँग्राले पेनाल्टीमा गोल गर्दै भारतको अग्रता ५–० बनाए ।मोहमेद रिकाज ७८औं मिनेटमा गोल गर्दै भारतलाई ६–० को अग्रता दिलाए । भारतले गोलको वर्षालाई अन्तिमसम्म कायम राख्यो । ९०औं मिनेटमा गुरकिरत सिंहले गोल गर्दै भारतलाई ७(० को अग्रता दिलाए । शुभो पउलले इन्जुरी टाइममा गोल गर्दै भारतलाई ८० को जित दिलाए ।