नयाँ दिल्ली, ३० साउन । भारतले आज आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाउँदै छ । यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको छ । केही बेरमा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिष्ठित मुगलकालीन लाल किल्लाको प्रान्तबाट देशबासीलाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री मोदी केही बेरमा लाल किल्ला पुग्ने बताइएको छ ।
उहाँलाई रक्षामन्त्री राजनाथ सिंह, रक्षा राज्यमन्त्री अजय भट्ट र रक्षा सचिव डा. अजय कुमारले स्वागत गर्नुहुनेछ । सो अवसरमा तीनवटै सेनाका प्रमुखको पनि उपस्थिति रहनेछ । त्यसपछि प्रधानमन्त्री मोदीले गार्ड अफ अनरको निरीक्षण गर्नुका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्